प्रभु बैंकको Digital Counter सञ्चालनमा
काठमाडौं, पुष १७ ।
अंग्रेजी नयांँ वर्ष २०२५ को सुरुवातसँगै नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर Prabhu Digital Cube सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरमार्फत् Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM तथा विभिन्न Kiosk मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिनेलगायतका सेवाहरू ग्राहक आफैँले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइनमा बसेर बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत विस्तार गरिनेछ ।
साथै यस नवीनतम सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनु हुनेछ भन्नेमा बैंक पूर्ण रूपमा विश्वस्त रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया