यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु
काठमाडाैं, पुष १७ ।
सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
गएराति पौने ९ बजे बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि अनियन्त्रित भई वागमती प्रदेश ०१-००६ख २००४ नम्बरको बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो ।
बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर, अस्पतालमा पुगेलगत्तै चिकित्सकहरूले राति पौने १० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया