दीपलका गाडी अब ४.९९% निश्चित ब्याजदरमा उपलब्ध

प्रकाशित मिति: १७ पुष २०८१, बुधबार १८:२१


काठमाडौं, पुष १७ ।
दीपलको आधिकारीक बिक्रेता एमएडब्लु वृद्धिले दीपलका गाडीमा नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको न्यू इयर स्कीममा ४.९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने भएको हो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा ल्याएको उक्त स्कीमले दीपलका मोर्डन डिजाइनमा तयार भएका गाडीहरू किन्न सहज हुने कम्पनीले विश्वास लिएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर ल्याएको ‘न्यू इयर, न्यू दीपल’ योजनामा गाडी किन्ने ग्राहकले निकै कम ब्याजदरको फाइदा पाउने छन् । यस योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर बाहेक पनि थुप्रै सुविधाहरू पनि प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्स प्रदान गर्ने जनाएको छ । साथै, पुराना गाडी ल्याएर नयाँ दीपलका गाडी सट्टापट्टा गर्दा उत्कृष्ट एक्सचेञ्ज भ्यालु पाउने कम्पनीको दाबी रहेको छ ।

दीपलले बिक्री गर्दै आएको एस-०७ र एल-०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरू रहेका छन् । जसले दीपिल ईभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको मोडल बनाएको छ ।

यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरू उपलब्ध छन् । दीपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण यसले नेपाली बजारमा ७ सय यूनिटको आयात आँकडा भेट्टाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरुद्ध

काठमाडौं, पुष २० । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज शनिबार तीन घण्टा विद्युत अवरुद्ध.....

मुगुमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, पुष १९ । मुगुमा भूकम्प गएको.....

जीप दुर्घटनामा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु

काठमाडौं, पुष १९ । जीप दुर्घटनामा परी.....