सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प, उपत्यकासम्म धक्का महशुस

प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार १३:२२


काठमाडौं, पुष १८ ।
काठमाडौंमा आज बिहीबार दिउँसो भूकम्पको  धक्का महशुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर  ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा काठमाडौंसम्म धक्का महशुस भएको हो ।

यसअघि, पुस १६ गते बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलकै भूकम्प गएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....