जिम्बाबेमा मृत्युदण्डको सजाँय आधिकारीक रूपमा खारेज

प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार ०९:१६


एजेन्सी, पुष १८ ।
विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ । विश्वका कुना-कुनामा नयाँ वर्ष मनाइँदैछ ।

यससँगै जिम्बाबेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ । जसअन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन । जिम्बाबेका राष्ट्रपतिले यससम्बन्धी कानूनी आदेशमा हस्ताक्षर गरेका छन् ।

मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला जिम्बाबेले यो नयाँ निर्णय लिएको हो । जसअनुसार जिम्बाबेले मृत्युदण्डको सजाँय आधिकारीक रूपमा खारेज गरेको छ ।

राष्ट्रपति इमर्सन मनंगाग्वाले नयाँ कानून लागू गरेसँगै मृत्युदण्डको सजाँयको प्रतिक्षामा रहेका ६० जना कैदीको सजाँय अब आजीवन काराबासमा परिणत भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....