बालेन साहकाे समर्थनमा ‘लाैराे टेकाैँला’ गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं, जेठ ९ ।
काठमाडौं महानगरपालिकाको आइतबार साँझसम्मको मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार दिएका बालेन साहको अग्रता सुरुदेखि साेमबार साँझसम्म पनि कायमै रहेको छ ।
यस्तैमा साहको समर्थनमा ‘लौरो टेकौँला’ भिडियाे गीतसमेत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएकाे उक्त गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत रहेकाे छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन रहेकाे छ ।
रोमान्टिक थिममा डान्सिङ्ग शैलीमा तयार पारिएको उक्त गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ । बा, आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेनको चुनाव चिन्ह ‘लौरो’ अबको सबैको भर नै हो समेत भनिएको छ ।
गीतले बालेन विपत्तिलाई छेक्न मिल्ने र दुःख मेट्ने साथीसमेत भएको चर्चा गरिएको छ । सफा शहर र मानिसको रहर सबै बालेन महानगरको नेतृत्वमा आएपछि पूरा हुने समेत भनिएको गीतमार्फत् बालेनलाई नखुलेको बाटो खोल्न र आवाज बिहानको आवाज बन्नसमेत अनुरोध गरिएको छ ।
गीतको भिडियोसमेत तयार पारिएकाे उक्त भिडियाेमा बालेनका चुनावी गतिविधि पनि समेटेर तयार पारिएको छ ।
प्रतिक्रिया