सर्वकालीन महान् खेलाडी म्याराडोनाको स्मृतिमा विमान अनावरण

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार १२:०९


काठमाडौं, जेठ १३ ।
अर्जेन्टिनाका सर्वकालीन महान् खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ ।

यसै वर्ष कतारमा हुन गइरहेको विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाई जहाज सार्वजनिक गरेको हो ।

ट्यांगो डी १० एस १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा विमान संग्रहालय बनाएको हो ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाको सन् २०२० को नोभेम्बरमा हृदयघातका कारण निधन भएको थियो ।

ट्यांगो डी १० एसमा म्याराडोनाको संग्रहालय बनाइएको छ । जसमा म्याराडोनासँग सम्बन्धित विविध वस्तुहरू राखिएको छ ।

विमानको बाहिरी आवरणमा म्याराडोनाले विश्वकपको उपाधि चुमिरहेको तस्विर राखिएको छ । विमानको पछाडिको भागमा पनि म्याराडोनाको अनुहार रहेको छ ।

यस्तै, विमानको दुई पंखामा म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वाटर फाइनलमा इङ्ल्याण्डविरुद्ध गरेका दुई गोल ‘ह्याण्ड अफ गड’ र ‘गोल अफ दी सेञ्चुरी’ गर्दाको तस्विरसमेत राखिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....