सातामा दुई दिन बिदा दिने निर्णय खारेज

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार १९:०३


काठमाडाैं, जेठ २३ ।
सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हाे । सो निर्णय असार १ बाट लागू हुने भएकाे छ ।

सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो ।तर, दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी साधन चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....