प्रधान सेनापति क्षत्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त नमूना वस्तीको निरीक्षण
काठमाडौं, माघ १५ ।
गत २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त गोरखा जिल्लाको लाप्राकमा गैर आवासीय नेपाली संघको मुख्य संयोजकत्वमा पुनःनिर्माण गर्ने तयारीमा रहेको नमूना वस्तीको आज प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीद्वारा निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले सो वस्ती पुनःनिर्माणका लागि नेपाली सेनाले आफ्नो दक्ष जनशक्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
उक्त निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल, गैर–आवासीय नेपाली संघका अध्यक्ष शेष घले, नेपाली सेनाका रथीवृन्द, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण कार्यालयका पदाधिकारीलगायत नेपाली सेनाका अधिकृत तथा स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया