कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्चीहरू हस्तान्तरण
काठमाडौं, असार ३० ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गोङ्गबुमार्फत् काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं.–६ धापासीस्थित हरिहर मन्दिरलाई आज असार ३० गते बिहीबार कुर्चीहरू हस्तान्तरण गरेको छ । उक्त कुर्चीहरूले मन्दिर दर्शन गर्न आउनु हुने भक्तजनहरूलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो ।
बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदारनाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरू, स्थानीय महानुभावहरूका साथै बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
योसँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिइने बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया