एनपीएलकाे पहिलाे उपाधी जनकपुर बाेल्ट्सकाे पाेल्टामा, ट्रफिसहित १ कराेड १० लाख पुरस्कार प्रदान
काठमाडाैं, पुष ६ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलाे उपाधी जित्न सफल टीम जनकपुर बोल्ट्सले ट्रफिसहित रु. १ करोड १० लाख हात पार्न सफल भएकाे छ ।
आज शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधी हात पारेकाे हाे ।
फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रूपमा उक्त रकमकाे चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका हुन् ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपबिजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु. ५१ लाख प्रदान गरेका हुन् ।
यसैगरी, तेश्राे हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः रु. २५ लाख र रु. १५ लाख प्राप्त गरेका छन् ।
तेश्राे र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया