अन्तर्राष्ट्रिय ध्यान डे २०२४ हुँदै
काठमाडाैं, पुष ५ ।
संयुक्त राष्ट्र संघद्वारा डिसेम्बर २१ मा विश्व ध्यान दिवसको रूपमा मान्यता प्रदान गरिएकोले विश्वभरी सम्पूर्ण मानव समाजमा एक नवीन चेतना जागरण गराएको छ । ध्यानलाई शुद्धतम रूपमा विश्वभरी मानव कल्याण, शान्ति र आरोग्यको उज्यालो वातावरण निर्माण गर्न अझ बढी महत्वपूर्ण भूमिका खेल्ने नै छ । साथसाथै पूर्वीय दर्शन र संस्कृतिको गौरब विश्वभरी फैलिने निश्चित छ ।
“द आर्ट अफ लिभिङ्ग नेपाल” ले ई.सं. २०२४ डिसेम्बर २१ को दिन अन्तर्राष्ट्रिय ध्यान डे २०२४ कार्यक्रम आयोजना गरेको सहर्ष अवगतदमेत गराएको छ ।
विश्व मानवतावादी तथा आध्यात्मिक महापुरुष पूज्य श्री श्री रवीशंकर गुरुदेवबाट चार दशक अगाडि ई.सं. १९८१ मा स्थापित “द आर्ट अफ लिभिङ्ग” संस्था आज १८६ राष्ट्रमा लगभग ४.५ करोड अनुयायीहरू माझ आफ्नो गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । हिंसा मुक्त समाज, तनाव मुक्त मन र शान्ति र खुशी बाँड्ने उद्देश्यले यो संस्था क्रमिक रूपमा योग/प्रणायाम क्रिया र ध्यान पूर्ण सफलताको साथ अघि बढिरहेको छ ।
डिसेम्बर २१, २०२४ को विश्व ध्यान दिवसको अवसरमा विश्वभरका मानिसहरू गुरुदेव श्री श्री रविशंकरसँग ध्यान गर्न एक साथ भेला हुँदैछन् । यो ऐतिहासिक र सबैभन्दा ठूलो ध्यान कार्यक्रम UN को Headquarter बाट प्रशारण हुनेछ । तपाईंले यो अवसर छुटाउन चाहनु हुन्न भने बेलुकी ८ः०० बजे माथि फोटोमा भएको QR मा scan गरी Live मा सहभागी भई गुरुदेवसँग ध्यान गर्न सकिनेछ ।
प्रतिक्रिया