होटलमा सुतिरहेको अवस्थामा ३६ वर्षीय युवाको घाँटी रेटेर हत्या

प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार १२:३६


काठमाडाैं, पुष ५ ।
रोल्पामा गएराति घाँटी रेटेर एक युवाको हत्या गरिएको छ ।

थबाङ गाउँपालिका-५, उवाकाे एक हाेटलमा सुतिरहेका सुनछहरी गाउँपालिका-५, जैमाकसलाका सीताराम रोका क्षेत्रीको हत्या भएको हो ।

सुमित होटलमा खाना खाएर सुतेका ३६ वर्षीय रोकाको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला शव परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रोहितकुमार शाहीले बताए । लु. १ ज १८४७ नम्बरको जिप चालक रहेका उनको आज शुक्रबार बिहान अबेरसम्म पनि नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस

काठमाडाैं, पुष ६ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शुक्रबारभन्दा आज शनिबार १ डिग्री.....

अन्तर्राष्ट्रिय ध्यान डे २०२४ हुँदै

काठमाडाैं, पुष ५ । संयुक्त राष्ट्र.....