सबै उमेर समूहलाई केन्द्रित गर्दै “द वन्डरल्याण्ड विन्टर” कार्निभल कार्यक्रमको घोषणा
काठमाडौं, पुष ६ ।
द वन्डरल्याण्ड गेम जोनले wonderland carnival घोषणा गर्न गइरहेको छ । सोही कार्निभल कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म हुने भएकाे छ । यहाँ परिवार र साथीहरूसँग आउन सक्नु हुनेछ । जहाँ हामी अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लाजको उपस्थिति, बिङ्गो सत्र, लक्की ड्र, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्याण्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता रोमाञ्चक गतिविधिहरू हुनेछ । कार्यक्रमअन्तर्गत वन्डरल्याण्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्याण्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको छ । वन्डरल्याण्डले देशभरी लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न पनि सफल भएको छ ।
यो कार्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउँदै भविष्यमा पनि वन्डरल्याण्डमा यस्ता उत्सव र मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणाका साथै विभिन्न कार्यक्रममार्फत् थप शसक्त र सुधार गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।
नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् । गो–कार्टिङ, Virtual reality, motorized zipline, projection bowling, trampoline, outdoor rides, arcade गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिहरूले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुर्याएका छन् ।
मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्याण्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस् वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्याण्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ । अहिलेसम्म वन्डरल्याण्डले नेपालमा “NWC MMA” प्रतियोगिता र “God is Woman” कन्सर्ट सफलतापूर्वक आयोजना गरिसकेकोे छ । यी सबै कार्यक्रमहरूले वन्डरल्याण्ड नेपालमा आगन्तुकहरूलाई विशेष अनुभव र अविस्मरणीय यादहरू दिन सफल भएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया