मेडिकल व्यावसायी प्रसाईं रिहा, म हारेकाे हाेइन, जितेकाे हाे
काठमाडाैं, पुष ५ ।
सर्वोच्च अदालतको आदेशपश्चात् मेडिकल व्यावसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोमा थिए । उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीले जनाएको छ ।
सीआईबीकाअनुसार उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको छ । त्यसपछि मात्रै उनलाई कति-कति दिनमा हाजिर गर्न आउनु पर्ने भन्नेबारे निर्णय हुनेछ ।
रिहा भएपछि प्रसाईं अदालतबाट आफूले न्याय पाएको बताएका छन् । उनले आफू सर्वहारा वर्गको बोली भएको पनि बताए । उनले तस्करहरूसँगको लडाई जारी रहने बताउँदै उनले भने, ‘म हारेको छैन है । यो हारेको होइन नि फेरि । यो मैले जितेको हो, यो तपाईंहरूको जित हो’, गाडीमा सवार प्रसाईंले समर्थकहरूलाई भने ।
प्रतिक्रिया