एकाबिहानै बाजुरालाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प
काठमाडाैं, पुष ६ ।
बाजुरा केन्द्रबिन्दु भएर आज शनिबार बिहानै भूकम्प गएको छ । बाजुराको पाण्डवगुफा गाउँपालिका केन्द्रबिन्दु भएर शनिबार बिहान सवा ४ बजेर १५ मिनेटको समयमा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महशुस भएको छ । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
प्रतिक्रिया