जनताका लागि आधारभूत खानेपानी आयोजना सञ्चालन

प्रकाशित मिति: १६ माघ २०७३, आईतवार ०९:४७


काठमाडौं, माघ १६ ।
जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने उद्देश्यका साथ खानेपानी तथा ढल निकास विभागले आधारभूत खानेपानी आयोजना सञ्चालनमा ल्याएको छ ।

विभागले स्वच्छ खानेपानी एवं सरसफाई कार्यक्रमअन्तर्गत देशको ७५ वटै जिल्लामा सो कार्य सञ्चालन गरेको हो । विभागका उपसचिव अरुणकुमार सिम्खडाले सबै जनतालाई आधारभूत खानेपानी पुर्‍याउने उद्देश्यका साथ पाँच हजार एक सय ८७ आयोजना सञ्चालन गर्न लागेकोे जानकारी दिँदै उनले भने, ‘८० प्रतिशत सरकारको सहयोग र २० प्रतिशत जनश्रमदानमा उक्त आयोजना सञ्चालन गर्न लागेका छौं ।’

विभागले गत आर्थिक वर्षमा दुई हजार नौ सय १६ आयोजना मात्र सञ्चालन गरेकोमा यस वर्ष वृद्धि गरिएको हो ।

सञ्चालन गर्न लागेका आयोजनामध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा एक सय ५२, स्याङ्जा एक सय ४८, गुल्मी एक सय २९ रहेका छन् भने सबैभन्दा थोरै आयोजना मनाङमा १३ वटा रहेका छन् ।

यी आयोजना सञ्चालनका लागि सरकारले रु. छ अर्ब ४१ करोड ८० लाख बजेट छुट्याएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....