नेपालका गोलकिपर चेम्जोङ माल्दिभ्समा भए उत्कृष्ट गोलकिपर, मैदानमै प्रेमिकालाई औँठी लगाएर बिहेको प्रस्ताव

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलवार ११:४९


काठमाडौं, श्रावण १७ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । सोमबार सम्पन्न भएको माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपरमा किरण घोषित भएका हुन् ।

माल्दिभ्समा किरण आबद्ध माजिया स्पोट्र्स एण्ड रिक्रिएसनले यो सिजनमो उपाधि जितेको छ । किरण २०१८ को लिगमा पनि उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

यसैबीच, किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई बिहेको प्रस्ताव गरेका छन् । मैदानमा उनको टीमले खुसियाली मनाइरहेकै बेला किरणले प्रेमिकाको हात समातेर मैदानमा लगेका थिए ।

त्यसपछि उनले औँठी लगाई दिएर बिहेको प्रस्ताव गरेका हुन् । किरण र कञ्चन विगत डेढ वर्षदेखि प्रेममा रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....