लपुमनपाको नख्खु जेलका कैदी अस्पतालबाट फरार

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहीबार ००:३२


काठमाडौं, भाद्र ९ ।
ललितपुर महानगरपालिकाको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदी बुधबार त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन् ।

शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी बुधबार दिउँसो करिव सवा ४ बजेतिर फरार भएका हुन् । फरार हुनेमा रामेछापका भोला बुढाथोकी रहेका छन् ।

नख्खु कारागारका प्रमुख सुवासकुमार लामिछानेले अस्पतालबाटै कैदी फरार भएको बताए ।

झुसेली किरा परेर आँखामा समस्या देखिएपछि उनको पहिलेदेखि नै उपचार हुँदै आएको थियो । फ्लोअपको लागि बुधबार अस्पताल लग्दा उनी भागेका हुन् ।

उनको एक हातमा हतकडी रहेको थियो । उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ ।

कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई २०७२ सालमा नख्खु कारागार ल्याइएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....