विश्वकप क्रिकेटको ट्रफी सगरमाथाको आधार शिविरमा, भोलि भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन हुने

प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलवार १०:३०


काठमाडौं, भाद्र १४ ।
यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ । विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिएका छन् ।

उनकाअनुसार आज बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ भने भोलि बुधबार बिहान भक्तपुर दरबार स्क्वायरमा ट्रफी प्रदर्शनीमा राखिने छ । क्रिकेट प्रेमीले सर्वसाधारणले पनि ट्रफी हेर्न र तस्वीर खिच्न पाउने छन् ।

‘ट्रफी टूर’अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो । टी–ट्वान्टी विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो । टी–ट्वान्टी विश्वकप क्रिकेटको सय दिने काउन्टडाउन सुरु गर्दै ट्रफी विभिन्न मुलुकमा भ्रमण गराइएको हो । गत जुलाईमा अस्ट्रेलियाको मेलबर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टूरको शुभारम्भ गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....