बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा साइनिङ्ग सेरोमोनि सम्पन्न

प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार ०५:५५


काठमाडाैं, भाद्र २४ ।
काठमाडाैंकाे त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा भाद्र २३ गते बिहीबारका दिन बिहे नेपाल VIP क्लबकाे समुद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्टसँगको साइनिङ्ग सेरोमोनि भव्य रूपमा सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल विज्ञापन संघ (आन) का पूर्वअध्यक्ष तथा ‘एड गुरु’ निर्मलराज पौडेलले भीआईपी क्लबको भिडियो विधिवत रूपमा रिमोटद्वारा स्विचिङ्ग गरी उद्घाटन गरेका छन् ।

साेही अवसरमा बिहे नेपालको तर्फबाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टको तर्फबाट रिजा पौडेलले MOU सिग्नेचर गरेकी छन् । साथै उद्घाटित बिहे नेपाल भीआईपी क्लबको बारेमा उक्त संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिएकी थिइन् ।  श्रद्धा र श्रीया (दुई इञ्जिनियर दिदी बहिनी) मिलेर सम्भवतः नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गरेकी थिइन् ।

बिहे नेपालबारे जानकारी :
बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाहरूको प्रयोगमार्फत् आफ्नो जीवन साथीलाई खोज्ने यात्रालाई थप रमाइलो बनाउन अपग्रेड गरिएको छ । रावा सफ्टवेरद्वारा २४ फेब्रुअरी, २०२२ मा लञ्च गरिएको बिहे नेपाल एपको प्रयोगमार्फत् विश्वभरका अविवाहित नेपालीहरू अहिले आफ्नो उत्तम जोडीको खोजीमा छन् । प्रयोगकर्ताको उच्च साथ र सहयोगले बिहे नेपालको यात्रालाई निरन्तरता दिन प्रेरणा मिलेको छ । हामी नयाँ एपको ले–आउट, भीआईपी क्लब, एवम् एपमार्फत् इभेन्ट बुकिङ्ग र बिहे नेपाल ब्ल्याक कार्ड जस्ता नयाँ सुविधाहरूसहित, घोषणा गर्न पाउँदा एकदम उत्साहित छौँ ।

हाम्रा प्रयोगकर्ताहरूद्वारा अत्याधिक माग गरिएको बिहे नेपाल भीआईपी क्लब अन्ततः तपाईंहरू समक्ष आइसकेको छ । यस क्लबमा प्रयोगकर्ताहरूले तोकिएको सदस्यता शुल्क बुझाई आबद्ध हुन चाहनेले अनिवार्य रूपमा आफ्नो पृष्ठभूमि प्रमाणीकरण (आईडी, शिक्षा र योग्यता कागजात जाँच) गरेर अन्य भीआईपी क्लब सदस्यहरूसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवन साथी भेटाउन सक्नेछन् । भीआईपी सदस्यहरूले भीआईपीलगायत स्टाण्डर्ड सदस्यहरूको पनि प्रोफाईल हेर्न, साथी बन्न, कुराकानी र अनलाईन भेटघाटसमेत गर्न पाउने छन् ।

बिहे नेपाल (प्रा.) लि. तथा वेलकम इभेन्ट म्यानेज्मेन्टबीच सेप्टेम्बर ८ मा सम्झौता पत्रमा हस्ताक्षर भएपश्चात् प्रयोगकर्ताहरूले बिहे नेपाल एपद्वारा नेपालको एक भरपर्दो र पूर्ण विकसित कार्यक्रम योजना र समन्वय गर्दै आएको वेलकम इभेन्ट म्यानेजमेन्टद्वारा मेहेन्दी, हल्दी, संगीत कार्यक्रम र विवाह समारोहका लागि आवश्यक पर्ने क्याटरिङ्ग, फोटो एवम् भिडियोग्राफी, डेस्टिनेशन वेडिङ्ग तथा कुनै पनि प्रकारको कार्यक्रम बुक गर्न सक्नेछन् ।

बिहे नेपालले बिहे नेपाल ब्ल्याक कार्ड लञ्च गरेको छ, जसको प्रयोगले हामीसँग आबद्ध भएका कम्पनीहरूद्वारा बिहेको किनमेल, रेस्टुरेन्ट, सवारी साधन, स्वास्थ्य, सौन्दर्य र सैलुन, फोटोग्राफी र थप धेरै सेवाहरू लिएमा उपहार र छुट प्राप्त गर्न प्रयोग गर्न सकिन्छ ।

सधैँ झैँ, बिहे नेपाल सुखी र स्वस्थ समाजको लागि स्वस्थ सम्बन्ध र मेलमिलाप प्रबर्द्धन गर्न टेवा पुर्‍याउने छ । सबै नेपालीलाई एकै ठाउँमा ल्याएर सही मिलनको खोजीलाई सजिलो बनाउनुहोस् हामी निरन्तर प्रयासरत् छौँ । हामी मुख्यतः बिहे नेपाल प्लेटफर्मले दिँदै आएको निःशुल्क सेवा निरन्तर जारी राख्दै हाम्रा प्रयोगकर्ताहरूको सामर्थ्य थप नयाँ प्रिमियम सुविधाहरू अनुभवमा थपिनेछन् । हाम्रो प्रयोगकर्ताको प्रतिक्रिया र समर्थनलाई ध्यानमा राखी हामी प्रयोगकर्तालाई समृद्ध बनाउन आगामी दिनहरूमा थप सेवा प्रदान गर्ने आशा व्यक्त गरेकाे कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

धराैटी बुझाएर रिहा भएलगत्तै दीपेश पुन फेरी पक्राउ

काठमाडाैं, बैशाख १४ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा.....

अन्ततः धराैटी बुझाएर दीपेश पुन एक सातापछि रिहा

काठमाडाैं, बैशाख १४ । सहकारी प्रकरण.....

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडाैं, बैशाख १४ । नेशनल लाईफ.....