पूर्णिमा श्रेष्ठ जसले नेवार समुदायबाट धेरै सगरमाथा आरोहण गरी तोडे आफ्नै रेकर्ड

काठमाडाैं, जेठ ४ ।
गोरखाकी पूर्णिमा श्रेष्ठ पाँचौँ पटक सगरमाथा शिखर चुम्न सफल भएकी छन् । आज आइतबार बिहान ३:३७ बजे पाँचौँ पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । चौथो शिविरबाट शनिबार साँझ ७ बजे प्रस्थान गरेकी उनले बिहान ३:३७ बजे शिखरमा पाइला टेकेकी आरोहण व्यवस्थापन गरेको कम्पनी सतोरी एड्भेञ्चर (प्रा.) लि.ले जनाएको छ ।
नेवार समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने उनी कहलाएकी सो कम्पनीका ऋषि भण्डारीले जानकारी दिए । उनी अहिले दोश्रो आधार शिविरतिर फर्किदै गरेको उनले बताए । यसअघि गत वर्ष यही सिजनमा १२ मे, १९ मे र २५ मेमा उनले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।
त्यसअघि, उनले २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । ८ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल आरोहण गरिसकेकी उनले दोश्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायतका हिमाल आरोहण गरेर विभिन्न शीर्षकका कीर्तिमान कायम गरिसकेकी छन् ।
प्रतिक्रिया