भारतलाई पराजित गर्दै महिला साफ च्याम्पियनशीप फुटबलको फाइनलमा

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार २०:५३


काठमाडौं, भाद्र ३१ ।
नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनशीप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघिका पाँच वटै संस्करणको विजेता भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनशीपको फाइनलमा स्थान बनाउन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई १ विरुद्ध शून्य गोल अन्तरले पराजित गरेको हो । नेपालले महिला साफ च्याम्पियनशीपमा पहिलो पटक भारतलाई पराजित गरेको हो । मध्यान्तर अघिको खेलमा गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो । पहिलो हाफको इञ्जुरी समयमा नेपालका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।

नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरेकी थिइन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण खेल्न सकिनन् ।

नेपालले फाइनल खेल बङ्गलादेशसँग खेल्नेछ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८ विरुद्ध शून्य गोल अन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....