सन्दीपलाई इन्टरपोलमार्फत् पक्राउ गर्ने प्रहरीको तयारी

प्रकाशित मिति: २ आश्विन २०७९, आईतवार १५:२२


काठमाडौं, असोज २ ।
बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् पक्राउ गरी ल्याउने तयारी गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सन्दीपलाई इन्टरपोलमार्फत् खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताए ।

‘इन्टरपोलमार्फत् सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ’, आईजीपी सिंहले भने ।

१३ दिनअघि एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताए तापनि उनी अझै आइपुगेका छैनन् ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....