बडादशैँकाे दाेश्राे दिन आज ब्रम्हचारिणी भगवतीकाे पूजा गरी मनाइँदै

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलवार ०८:३३


काठमाडाैं, असाेज ११ ।
नेपालीहरूकाे महान् चाड बडादशैँको दोश्राे दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरी धूमधामसँगै मनाइँदैछ । बडादशैँअन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुने गर्दछ ।

घटस्थापना गरेसँगै नवदुर्गाका नाै वटा रूपहरूको पूजा गर्ने परम्परा रही आएकाे छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोश्राे दिन ब्रम्हचारिणी, तेश्राे दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठाैँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरी मनाइने गरिन्छ ।

दशैँको दोश्राे दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरूमा भक्तजनहरूको ठूलाे भीड लाग्ने गर्दछ । यसैगरी, गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुईँचो लाग्ने गर्छ ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....