गुण्डा नाइके राधेको समूहले खुकुरी प्रहार गर्दा गुरुङ घाइते

काठमाडौं, कार्तिक १ ।
धादिङको निलकण्ठ नगरपालिकास्थित धादिङ बजारमा भीम गुरुङमाथि खुकुरी प्रहार भएको छ । निलकण्ठ नगरपालिका–४ घर भएका गुरुङलाई गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’को समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डीएसपी) श्याम खत्रीले खुकुरी प्रहार गरेको उजुरी आएको र घटनास्थलमा अनुसन्धान अधिकृतहरूको टीम पठाएको जानकारी दिए । डीएसपी खत्रीले भने, खुकुरी प्रहार गरेको कम्प्लेन आएको छ, अनुसन्धान गर्न अफिसरहरू फिल्डमा छन् ।’
भीम गुरुङमाथि गुण्डा नाइके ‘राधे’ आफैँले खुकुरी प्रहार गरेको पीडितका आफन्तले जिकिर गरेका छन् । राधे तरुण दलको उपाध्यक्ष हुन् । खुकुरी प्रहारबाट गुरुङको दायाँ हातमा चोट लागेको छ ।
प्रतिक्रिया