क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति: ६ कार्तिक २०७९, आईतवार १३:००


काठमाडौं, कार्तिक ६ ।
काठमाडौं जिल्ला अदालतले निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न अनुमति मागेको थियो । माग बमोजिम लामिछानेलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भाद्र ५ गते काठमाडौंको एक होटलमा १७ वर्षीया नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले सोही दिनबाटै गणना हुने गरी पहिलो पटक गत २४ असोजमा ७ दिनको म्याद थप गरेको थियो ।

दोश्रो पटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो । गत बुधबार उनलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....