क्रिकेटर लामिछानेलाई १०–१२ वर्षसम्मकाे कैद सजाँग माग, आज मुद्दा दर्ता हुँदै

काठमाडाैं, कार्तिक १४ ।
नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज अभियोगको माग दाबीसहितको मुद्दा दर्ता हुने भएको छ । महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेर बुझाएको प्रमाण र प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरुद्ध अनुसन्धान सकेर कार्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन ।
प्रहरीले सन्दीपविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ मा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाँय मागदाबी गरिएको छ ।
प्रहरीले पीडितलगायतको बयान, होटलकाे सीसीटीभी फुटेज, अस्पतालको रिपोर्टलगायतलाई प्रमाणको रूपमा पेश गरेको छ । सन्दीपले भने, उक्त आरोपको पूर्ण रूपमा खण्डन गर्दै आएका छन् ।
प्रतिक्रिया