क्रिकेटर लामिछाने र नाबालिग किशाेरीबीच भेटवार्ता गराईदिने युवककाे यस्ताे बयान

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार १८:१६


काठमाडाैं, कार्तिक १४ ।
नेपाल प्रहरीले अनुसन्धानका क्रममा नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने र नाबालिग किशोरीबीच भेटवार्ता गराईदिने युवकसँग पनि बयान लिएको छ ।

क्रिकेटर देव खनाल आफूसँग स्न्याप च्याटमार्फत् पीडित भनिएकी युवतीसँग परिचय भएको बताएका छन् । उनले दिएकाे बयान यस्ताे रहेकाे छ ।

“म आजभन्दा करिब ८/९ महिना पहिलेबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता खेल खेल्दै जाने क्रममा सन्दीप लामिछानेसँग चिनजान भएको थियो । हामी प्राय एउटै टीममा रही क्रिकेट खेल्ने गरेका थियौँ । त्यस्तै आजभन्दा करिब ३/४ महिना पहिले सोसियल मिडिया स्न्याप च्याटमार्फत् पीडित भनिएकी युवतीसँग परिचय भई हामी बीचमा कुराकानी भइरहन्थ्यो ।

कुराकानीको क्रममा निजले तपाईं राम्रो खेल खेल्नु हुँदाे रहेछ, म तपाईंको फ्यान हुँ, तपाईंको खेल मलाई साह्रै मन पर्छ, तपाईंको गेम कस्तो हुँदैछ भन्ने जस्ता म्यासेज स्न्याप च्याटमा पठाइरहने र निजसँग खेलसम्बन्धी कुराकानी भइरहने भएकोले निजलाई मैले सोसियल मिडियामार्फत् चिनेको हुँ तर, निजलाई हालसम्म पनि मैले प्रत्यक्ष रूपमा देखेको छैन, फोटोमा मात्र देखेको छु । केन्यामा हुन गइरहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल खेल्नको लागि हामी खेलाडीहरूको मिति २०७९।०५।०६ गते फ्लाइट रहेको हुँदा त्यसको करिब १५ दिन अगाडि देखि नेपाल राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलगायतका खेलाडीहरू हायात प्यालेसमा खडा गरेको क्याम्पमा बस्दै आएको र क्यानले विभिन्न तालिम र प्रशिक्षण दिँदै आएको थियो ।

यस्तैमा, यकिन मिति याद त भएन, हामी हायत प्यालेसमा रहेको समयमा निज सन्दीप लामिछानेले गितार बजाउँदै, गीत गाएको भिडियो मैले मेरो स्न्याप च्याटमार्फत् सन्दिप लामिछाने समेतलाई ट्याग गरी स्न्याप च्याटमा रहेका मेरा २०/२५ जना साथीहरूलाई सेन्ट गरेको थिएँ । उक्त भिडियो पीडित भनिएकी युवतीलाई समेत गएको थियो । त्यसको करिब चार पाँच दिनपछि मिति २०७९।०५।०६ गते बिहान सन्दीप लामिछानेलगायतका हामी खेलाडीहरू अन्तर्राष्ट्रियस्तरको खेल खेल्नको लागि केन्या गएका थियौँ । उक्त दिन बिहान पीडित भनिएकी युवतीले मेरो स्न्याप च्याटमा सन्दीप लामिछानेको गाडीको सेतो रङ्गकाे गाडीको पछाडि भागको फोटो पठाएकी थिइन । म खेल खेल्नको लागि केन्या गएपश्चात् खेलमा व्यस्त भएकोले पीडित भनिएकी युवतीसँग कुराकानी भएको थिएन । यस्तैमा खेल खेल्न केन्या गएको समयमा सोसियल मिडियामार्फत् ती युवतीले सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको जाहेरी दरखास्त दिएको कुरा थाहा पाएको थिएँ ।”


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....