यू–१५ महिला साफ च्याम्पियनशीप फुटबलकाे उपाधि नेपालकाे पाेल्टामा

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार २०:१५


काठमाडाैं, कार्तिक २५ ।
बङ्गलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो ।

खेलमा सुरुवाती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको ५४ औँ मिनेटमा बङ्गलादेशकी खेलाडी रुमाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर बङ्गलादेशकी बिबी रीताको पेनाल्टी प्रहार नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिँदा नेपाल च्याम्पियन बनेको हो । नेपाल शीर्षस्थानमा रहँदै उपाधि उचाल्न सफल भयो । त्यस्तै यस बराबरीसँगै नेपालले चार खेलमा अपराजित रहँदै १० अंक जोडेकाे थियाे ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....