ललितपुर–२ मा मतगणना जारी, महर्जन अगाडि, पछ्याउँदै शाक्य

प्रकाशित मिति: ५ मंसिर २०७९, सोमबार ०८:५९


काठमाडाैं, मंसिर ५ ।
प्रतिनिधि सभा र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं.-२ मा अहिले मतगणना जारी रहेको छ । पछिल्लो अपडेटअनुसार सो क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन् ।

प्रारम्भिक मतगणनामा डा. सुदिन शाक्य दोश्राे स्थानमा परेका छन् । डा. शाक्य हाम्रो नेपाली पार्टीका उम्मेदवार हुन् । उनको चुनाव चिन्ह लौरो रहेकाे छ । डा. शाक्यको ८ सय ९७ मत आएको छ ।

पछिल्लो अपडेटअनुसार विभिन्न उम्मेदवारहरूले पाएको मतअनुसार प्रेमबहादुर महर्जन नेकपा एमालेकाे तर्फबाट १ हजार ३ सय १७ मत प्राप्त गरेकाे छ भने डा. सुदिन शाक्यले हाम्रो नेपाली पार्टीकाे तर्फबाट ८ सय ९७ मत प्राप्त गरेकाे छ ।

यसैगरी, नेकपा एकीकृत समाजवादीकाे तर्फबाट कृष्णलाल महर्जनले ७ सय ७७ मत प्राप्त गरेका छन् । वि.सं. २०७४ सालको निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट एमालेका कृष्णलाल महर्जन निर्वाचित भएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

देशका अधिकांश भागमा बदली, केही स्थानमा हिमपात र वर्षा

काठमाडौं, फागुन ३ । देशका अधिकांश भागमा बदली भएर आज शनिबार केही क्षेत्रमा वर्षा र हिमपात भएको.....