भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल दुर्घटनामा परी घाइते

प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार १०:३५


काठमाडाैं, फागुन २ ।
भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी हालै दुर्घटनामा परी घाइते भएका छन् । दुर्घटनाका कारण उनले पुणेमा हुने आफ्नो आगामी कन्सर्टसमेत स्थगित गरेका छन् ।

यो कार्यक्रम पहिले मार्च २, २०२५ मा हुने तालिका थियो । तर, अब यो अर्को मितिमा आयोजना हुनेछ ।

ददलानीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमार्फत् यस दुर्घटनाको जानकारी दिएका थिए । आफ्नो इन्स्टा स्टोरीमा एउटा पोस्ट सेयर गर्दै आफू अहिले ठीक नभएको र उपचार गराइरहनु भएको बताए । आफ्ना फ्यानहरूलाई आश्वस्त पार्दै उनले लेखे, ‘मेरो सानो दुर्घटना भयो । तर, चाँडै नै मलाई फेरि नाचिरहेको देख्न पाउनु हुनेछ । म चाँडै नै तपाईंहरू सबैलाई अपडेट गर्नेछु ‌। म तपाईंहरूलाई चाँडै पुणेमा भेट्नेछु ।’

ददलानीसँगै उनका पार्टनर शेखर रवजियानी पनि यस कन्सर्टको हिस्सा हुनेवाला थिए । आयोजकहरूले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् टिकट फिर्ताको प्रक्रिया पनि सुरु गरेको जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, फागुन ३ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक.....

देशका अधिकांश भागमा बदली, केही स्थानमा हिमपात र वर्षा

काठमाडौं, फागुन ३ । देशका अधिकांश.....