देशका अधिकांश भागमा बदली, केही स्थानमा हिमपात र वर्षा

प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार १८:४३


काठमाडौं, फागुन ३ ।
देशका अधिकांश भागमा बदली भएर आज शनिबार केही क्षेत्रमा वर्षा र हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कास्कीको छोमरोङमा ७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

मनाङको ताल क्षेत्रमा ५ दशमलव ८ मिलिमिटर, सोलुखुम्बुको लुक्ला विमानस्थलको मापन केन्द्रमा ३ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।

गत २४ घण्टामा गण्डकी र कोशी प्रदेशका केही स्थानमा वर्षा भएको छ । सुदूरपश्चिमको डडेल्धुरा र कैलालीको बलिया केन्द्रमा वर्षा रेकर्ड गरिएको छ ।

देशका अधिकांश हिमाली क्षेत्रमा हिमपात भएको विभागले जनाएको छ । शनिबार राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....