भक्तपुरमा गाडीले ठक्कर दिँदा एक वृद्धाको मृत्यु, चालक सितखु पक्राउ

प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार १५:२६


काठमाडाैं, फागुन २ ।
भक्तपुरमा आज शुक्रबार दिउँसो गाडीले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।

दिउँसो १ बजेतिर चाँगुनारायण नगरपालिका-३ कोल्पाकोट ओरालोमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको निशान गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट चाँगुनारायण नगरपालिका-५ पिखेल बस्ने ७२ वर्षीया कई मग्रराती मगरलाई गम्भीर घाइते भएकी थिइन् ।

उपचारको लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट, भक्तपुर लगेकोमा उपचारकै क्रममा दिउँसो सवा २ बजेको समयमा चिकित्सकले मृतक घोषणा गरेका हुन् ।

गाडी चालक भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ५४ वर्षीय ईन्द्र नारायण सितखुलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसाे काेशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया माैसम बदली

काठमाडाैं, जेठ २६ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....