१३ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कार, दुई पक्राउ

प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार १३:१२


काठमाडाैं, फागुन २ ।
रूपन्देहीमा एक १३ वर्षीया बालिकामाथि सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

बिहीबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोबिन्द थापा रहेका छन् ।

उनीहरूले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सो घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, फागुन ३ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक.....

देशका अधिकांश भागमा बदली, केही स्थानमा हिमपात र वर्षा

काठमाडौं, फागुन ३ । देशका अधिकांश.....