मोटरसाइकल त्रिशुली नदीमा खस्दा चालक बेपत्ता, खोजी कार्य जारी

काठमाडाैं, फागुन २ ।
मुग्लिङ-नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशुली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा. प्रदेश-०६-०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।
चालकको पहिचान भने स्पष्ट भएको छैन । घटनास्थलमा भेटिएको झोलामा लमजुङ चन्द्रेश्वर-३ का २७ वर्षीय रोहित राना नाम रहेको परिचय पत्र फेला परेको छ ।
चालकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । प्रहरी, सशस्त्र प्रहरी र गोदाखोरको टोलिले उद्दार कार्य जारी राखेका छन् ।
प्रतिक्रिया