ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने एमाले भातृ संगठनका नेता जोशी पक्राउ

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार १८:५६


काठमाडाैं, फागुन १ ।
ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका नेता कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुरुवातमा प्रहरीले नै जोगाएको आरोप लागेका जोशीलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नयाँ बानेश्वरबाट आज बिहीबार पक्राउ गरेको हो । जोशीसहितको समूहले माघ २४ गते ठमेलमा दरबारमार्ग वृत्तका क्विक रेस्पोन्स टिम (क्युआरटी)का प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज बिष्टलाई आक्रमण गरेको थियो ।

यसअघि, माघ २७ मा ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई पक्राउ गरेको थियो । तर, घटनामा संलग्न पाँच जना भएको सीसीटीभी फुटेजमा देखिए पनि प्रहरीले जोशीलाई भने अनुसन्धानको दायरामै ल्याएको थिएन । सीसीटीभी फुटेजमा जोशीले प्रहरीलाई कुटपिटबाट जोगाउन खोजेको भन्दै उन्मुक्ति दिने प्रयास गरेको थियो ।

सत्ताको आँडमा कारबाही नगरिएको भन्दै चर्को आलोचना भएपछि प्रहरीले फेरि पक्राउ पुर्जीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । उनीहरूलाई अभद्र व्यावहारको कसुर लगाइएको छ । पक्राउ परेकाहरूले जोशीको उक्साहटमा प्रहरीलाई कुटपिट गरेको सोधपुछको क्रममा बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, फागुन ३ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक.....

देशका अधिकांश भागमा बदली, केही स्थानमा हिमपात र वर्षा

काठमाडौं, फागुन ३ । देशका अधिकांश.....