महाकुम्भ मेलामा स्नानको लागि गएको बस दुर्घटना, १० को मृत्यु, १९ घाइते
![](https://liveofnepal.net/wp-content/uploads/2025/02/Screenshot_2025-02-15-11-44-01-49.jpg)
एजेन्सी, फागुन ३ ।
उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नान गर्न गइरहेको भक्तजनहरूको गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बोलेरो र बस एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटना आज शनिबार बिहान राति करिब २ बजे प्रयागराज-मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा भएको हो । प्रहरीकाअनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न आउँदै थिए । यसै क्रममा दुर्घटना भएको थियो ।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ । घटनाको जानकारी लिँदै मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन् ।
तीब्र गतिमा रहेको बोलेरो बससँग ठोक्किएको थियो । मृत्यु हुने सबै श्रद्धालुहरू बोलेरोमा यात्रा गरिरहेका थिए । स्थानीय र बटुवाहरूले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि पठाएको छ । घटनाको कारण बारेमा अनुसन्धान सुरु गरिएको उत्तर प्रदेश सरकारले जानकारी दिएको छ ।
प्रतिक्रिया