राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा कार्यकर्ताद्वारा पार्टी मुख्यालय घेराउ

प्रकाशित मिति: २२ मंसिर २०७९, बिहीबार १४:१६


काठमाडौं, मंसिर २२ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फका उम्मेदवार छनोटलाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसद्का रूपमा सिफारिस गर्ने तयारी भएपछि कार्यकर्ताहरूले पार्टी मुख्यालय घेराउ गरेका हुन् ।

आजै टुंगो लगाउने भनिएको बन्दसूचीको विषयलाई लिएर अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता, कार्यकर्ता भेला भएका छन् । उक्त पार्टीका एक नेताले भने, ‘निर्वाचन आयोगले मागेको बन्दसूचीको विवरण आजै अन्तिम रूप दिने तयारीमा रहेको छ । तर केही नामका विषयमा असन्तुष्टि बढेपछि नेता, कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर विरोध गरिरहेका छन् ।’

रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो । रास्वपाले ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ । समानुपातिकका केही नाम रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो ।

सुनसरी–२ बाट उम्मेदवारी दिएर पराजित भएका रास्वपा नेता लालविक्रम थापाले पार्टीलाई सही बाटोमा हिँडाउन रास्वपा केन्द्रीय कार्यालय घन्टीघरमा खबरदारी कार्यक्रममा सहभागी हुन नेता, कार्यकर्तालाई आग्रह गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अन्ततः रास्वपा सभापति लामिछाने रु. ६० लाख बैंक ग्यारेन्टीसँगै रिहा

काठमाडाैं, माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं.....