अन्ततः रास्वपा सभापति लामिछाने रु. ६० लाख बैंक ग्यारेन्टीसँगै रिहा

प्रकाशित मिति: २ माघ २०८१, बुधबार १९:००


काठमाडाैं, माघ २ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट आज बुधबार रिहा भएका छन् ।

अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका थिए । ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसी दिएसँगै लामिछाने छुटेका हुन् ।

बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई रु. ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

काठमाडौं, माघ ३ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएको छ ।.....