उच्च अदालत पाटनका न्यायाधीश रेग्मी सवार कार दुर्घटना

प्रकाशित मिति: १ माघ २०८१, मंगलवार २०:४३


काठमाडाैं, माघ १ ।
उच्च अदालत पाटनका न्यायाधीश सवार रहेकाे सरकारी नम्बर प्लेटको कार आज मंगलबार सुनसरीमा दुर्घटनामा परेकाे छ ।

न्यायाधीश नारायणप्रसाद रेग्मी सवार रहेकाे बी ए बी ७१४६ नम्बरको कार मंगलबार साँझ मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाह खण्डको जंगलमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परी ५४ वर्षीय न्यायाधीश रेग्मी र ईलामको देउमाई नगरपालिका-४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् । खनाल नाताले रेग्मीका भिनाजु पर्छन् ।

दुर्घटनामा घाइते भएका दुबै जनाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

काठमाडौं, माघ ३ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएको छ ।.....