गरिमा विकास बैंकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, पुष २९ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक गरिमा विकास बैंक लिमिटेडको १८ औँ वार्षिक साधारण सभा आज सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदनसहित शेयरधनीहरूलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ । त्यसैगरी उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरूको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतिबाट निर्वाचित गर्ने निर्णय गरेको छ । साधारणसभापश्चात् लगत्तै बसेको सञ्चालकहरूको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारण सभाले पारित गरेको लाभांस २०८१ पुष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरीले नगद लाभांस प्राप्त गर्नेछन् ।
विकास बैंकले हाल देशभर १ सय २३ वटा शाखा कार्यालयहरू, १ वटा एक्स्टेन्सन काउण्टर र ५१ एटीएम मेसिनका साथै नविनतम डिजिटल बैंकिङ्गमार्फत् सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया