अभियन्ता आशिका तामाङ काठमाडाैंकाे स्वयम्भूबाट पक्राउ

प्रकाशित मिति: २ माघ २०८१, बुधबार १४:४१


काठमाडाैं, माघ २ ।
अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । अभियन्ता तामाङलाई पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा आज बुधबार दिउँसो काठमाडाैं महानगरपालिकाकाे स्वयम्भूबाट पक्राउ परेकी हुन् ।

तामाङलाई अभद्र व्यावहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कोषले यही पुष २६ गते नै आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पुष २८ गते नै अनुमति लिएको थियो ।

उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा लगिएको छ । १५ वर्ष जर्मनी बसेर स्वदेश फर्केकी उनी पछिल्लो समय नेपालका सरकारी निकाय, सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिती र अत्याचारको ऊजागर गर्दै आएको दाबी गर्दै आएकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

निगमले पुनः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढायो

काठमाडौं, माघ ३ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएको छ ।.....