चेक अनादरकाे अभियाेगमा एमालेका नेता मल्ल भक्तपुरबाट पक्राउ

प्रकाशित मिति: १ माघ २०८१, मंगलवार १४:५९


काठमाडाैं, माघ १ ।
नेकपा (एमाले)का नेता किशोर विक्रम मल्ल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मल्ललाई पक्राउ गरिएको हो । उनलाई सोमबार भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीले दिएकाे जानकारीअनुसार, उनी चेक अनादर कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध एमालेकै एक नेताले २० लाख ५० हजार रुपैयाँको चेक अनादर मुद्दामा निवेदन दिएका थिए । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको थियो ।

मल्ल एमालेका केन्द्रीय सदस्यसमेत हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....