नेशनल लाईफद्वारा बाल अमृत–४ सावधिक बीमालेख प्रस्तुत
काठमाडौं, माघ २ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेखअन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।
जुम मिटिङमार्फत् जोडिनु भएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताहरूका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू सम्मिलित एक समारोहकाबीच प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको समुद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरूले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिस्कृत गरी बाल अमृत सावधिक बीमालेख–४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको बताए ।
यस बीमालेख योजनाका विशेषताहरूका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रूपमा बुबा, आमा वा कानूनी संरक्षक हुनु पर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमा शुल्क मासिक, त्रैमासिक अर्ध वार्षिक र वार्षिक रूपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधाहरू पनि यस बीमालेखमा रहेको जानकारी गराएका छन् ।
यस बीमालेखलाई प्रबर्द्धन गर्ने उद्देश्यले बीमित तथा अभिकर्ताहरूका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताउँदै उनले सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरूले कम्पनीको मोवाईल एप्स, वेब साईट र नेपालभर रहेको जुनसुकै शाखा कार्यालयहरूमा गएर पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया