मेलम्चीकाे पानी आजदेखि काठमाडाैंकाे धारा-धारामा

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार ०८:४२


काठमाडाैं, मंसिर २३ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ ।

खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले आज बिहान महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्दैछन् ।

बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकाल चौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए । उनकाअनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।

यसअघि २०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर २०७८ चैतमा दोश्राे पटक मेलम्चीको पानी वितरण गरिएको थियो । वर्षा सुरु भएपछि पुनः बन्द गरेर अहिले हिउँदमा पानी वितरण थालिएको हो ।

यही मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरिएको थियो । १९ गतेदेखि सुरुङमा पानी भर्न थालिएको थियो । केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको थियो ।

२२ वर्षको प्रतिक्षापछि पहिलो पटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । केयूकेएलकाअनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक १० करोड लिटर र पछि १७ करोड लिटर पानी वितरण गर्ने योजना छ । केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....