बैंक अफ काठमाण्डूको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार २०:५५


काठमाडौं, मंसिर २३ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था बैंक अफ काठमाण्डू लिमिटेडले आज आफ्नो २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले समितिको प्रतिवेदन पनि पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ । सभाले २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतको दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, विशेष प्रस्तावहरूअन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड एक आपसमा गाँभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारिस गरेको शेयर स्वाप अनुपात १ः१ मा रही मर्जरसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णयहरूको सम्बन्धमा सम्पूर्ण प्रस्तावहरू उक्त सभाले पारित गरेको छ ।

बैंकले हाल १ सय ४ वटा शाखा कार्यालयहरू, ९४ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरमार्फत् आफ्ना ग्राहक महानुभावहरूलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडाैं, फागुन २८ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।.....

मालपोतका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडाैं, फागुन २८ । अख्तियार.....