ट्रकले ठक्कर दिँदा माेटरसाइकल चालक भक्तपुर निवासी ३६ वर्षीय कायस्थकाे मृत्यु, चालक शाक्य पक्राउ

काठमाडाैं, फागुन २८ ।
भक्तपुर नगरपालिकाअन्तर्गत गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेकाे बा. ३१ प ४४४ नम्बरको मोटरसाइकललाई वागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ठक्करबाट भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको हो । उनको उपचारको क्रममा इन्टरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक ४७ वर्षीय चन्द्रलाल शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ठिमी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया