काठमाडौंको गोकर्णेश्वरबाट पेस्तोलसहित कामपा बस्ने जोशी पक्राउ

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार १४:२९


काठमाडाैं, फागुन २७ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० घर भएका सुदन जोशी रहेका छन् ।

प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टीमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट एक थान पेस्तोल, १० राउण्ड गोली र २५० ग्राम लागु औषध पोल्याण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिएका छन् ।

आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....