मालपोतका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार १२:४९


काठमाडाैं, फागुन २८ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोतका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यावसायी जिवछ महतोलाई ३५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरी दिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका हुन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....